नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना

परियोजना कार्यान्वयन इकाई, सिरहा

जोन (प्राविधिक इकाई, सप्तरी)


कार्य विवरण

१. प्रदेशका मुख्य फलफूल बालीका गुणस्तरीय बेर्नाको उत्पादन, वितरण तथा बजारीकरण सम्बन्धी कार्यहरू सञ्‍चालन गर्ने

२. प्रदेश भित्र फलफूल विरुवाको माग तथा आपूर्ति वासलात तयार गर्ने

३. कृषि अनुसन्धान केन्द्रको समन्वयमा फलफूल र तरकारी बालीको जातीय तथा प्रविधि परीक्षण गर्ने

४. गुणस्तरीय फलफूल विरुवाको आवश्यकता परिपूर्ति गर्न फलफूल नर्सरी स्थापना तथा सञ्‍चालन सम्बन्धी कार्यहरू गर्ने

५. कृषि ज्ञान केन्द्रको समन्वयमा फलफूल तथा तरकारी खेती प्रविधि प्रसार सम्बन्धी कार्यहरू सञ्‍चालन गर्ने

६. केन्द्रलाई सिकाई स्थलको रुपमा विकास गर्न फार्म फिल्ड अध्ययन अनुसन्धान सम्बन्धी कार्यहरू गर्ने

७. च्याउको बीउ उत्पादन गरी आपूर्ति व्यवस्थापनका कार्यहरू गर्ने

८. च्याउ खेती सम्बन्धी उन्‍नत प्रविधि बारे सम्बन्धित प्राविधिक एवम् कृषकलाई तालि दिई दक्षता विकास गर्ने

९. च्याउ बीउ उत्पादन गर्न चाहने निजी व्यवसायीहरूलाई सम्भाव्यता हेरी श्रोत केन्द्र दर्ता गर्ने

१०. च्याउ खेती व्यवसाय प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्‍चालन गर्ने

११. पुष्प व्यवसाय प्रवर्द्धन सम्बन्धी कार्यहरू सञ्‍चालन गर्ने

© 2020 Copyright : बागवानी विकास श्रोत केन्द्र, पोखरा, कास्की
Last Updated: 2021/05/10
Developed By: Ninja Infosys Pvt. Ltd.